logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेप्सेमा १०.३० अंकको वृद्धि, साढे ४ अर्बको कारोबार

    नेप्सेमा १०.३० अंकको वृद्धि, साढे ४ अर्बको कारोबार

    1.1K
    SHARES
    नेप्सेमा १०.३० अंकको वृद्धि, साढे ४ अर्बको कारोबार

    काठमाण्डौ । आज शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १० दशमलव ३० अंकले बढेर २,६४८ को विन्दुमा कायम भएको छ । आज १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखु खोला जलविद्युतको शेयर कारोबार भएको छ ।

    आज यस कम्पनीको २८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २५ करोड ४७ लाख रुपैयााको शेयर कारोबार भएको छ । एसवाई प्यानलको २३ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् । सुपर माई हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् ।

    बजार बढ्दा नेप्से उपसमूहमा रहेका १० वटा समूह बढेका छन् भने ३ वटा घटेका छन्। आज जीवन बीमा समूह सर्वाधिक १.७९ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक ०.८९ प्रतिशतले घटेको छ।

    यो दिन बजारमा १५७ कम्पनीको शेयरभाउ बढेको छ भने ९० कम्पनीको घटेको छ। आज १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा करिब साढे ४ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युत कम्पनीको भएको छ।

    उच्च कारोबार भएका १० कम्पनी
    आँखुखोला जलविद्युतः २८ करोड ६९ लाख रुपैयाँ
    ङादी ग्रुप पावरः २५ करोड ४७ लाख रुपैयाँ
    एसवाई प्यानलः २३ करोड ४७ लाख रुपैयाँ
    रिडी पावरः १४ करोड ८० लाख रुपैयाँ
    बन्दीपुर केबलकारः १० करोड ४२ लाख रुपैयाँ
    राधी विद्युतः ९ करोड ५९ लाख रुपैयाँ
    हिमालयन पावर पाटर्नरः ९ करोड २९ लाख रुपैयाँ
    शिवम सिमेन्टः ८ कराड ८१ लाख रुपैयाँ
    खानीखोला हाइड्रोपावरः ८ करोड ४८ लाख रुपैयाँ
    अपी पावरः ८ करोड १३ लाख रुपैयाँ


    अर्थ चाैतारी
  • बुधबार, १३ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट