logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • रिज लाइन इनर्जीको आईपीओ बिहीबार बाँडफाँड हुँदै

    रिज लाइन इनर्जीको आईपीओ बिहीबार बाँडफाँड हुँदै

    1.1K
    SHARES
    रिज लाइन इनर्जीको आईपीओ बिहीबार बाँडफाँड हुँदै

    काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बिहिबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले फागुन १४ गते बिहान ९ बजे शेयर बाँडफाँड गर्न लागेको हो।



    कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म आम सर्वसाधारणलाई ११ लाख ८० हजार २ सय ६० कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

    नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

    यस कम्पनीका अध्यक्ष डा. बसन्त गिरी हुन् भने अन्य संचालकमा प्रदिप राज गिरी, नारायण कंडेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी, र अशोक कुमार खड्का रहेका छन् । डा. विनोद पोखरेल कम्पनीका स्वतन्त्र संचालक हुन् ।

    कम्पनीमा सोपान मल्टिपलको १० लाख कित्ता शेयर लगानी रहेको छ भने मुक्तिनाथ क्यापिटलको २ लाख कित्ता शेयर लगानी रहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १३ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट