logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

    शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

    663
    SHARES
    शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

    काठमाण्डौ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।



    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती गण्डकी लुम्बिनी सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षा भइरहेको छ।

    शुक्रबार कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको तथा वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि बढ्न नसकेको कारणले पर्याप्त वर्षा हुन नसकी प्रदुषण वायुमण्डलको तल्लो तहमै संचित भएर रहँदा केही दिन देखि देशका धेरै भू-भागहरू तुवाँलो प्रभावित भएको अवस्था छ । बिहीबारदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँहरुमा क्षणिक वर्षाको सम्भावना पनि देखिएकोले मौसमको हालको अवस्थामा क्रमिक रुपमा केही सुधार हुने सम्भावना रहेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ फागुन २०८२
  • सम्बन्धित समाचार