logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • नेपालले एक वर्षका लागि बिहार, युपी र उत्तराखण्डबाट बिजुली ल्याउने, आयात दरमा १.५ प्रतिशतमात्र वृद्धि

    नेपालले एक वर्षका लागि बिहार, युपी र उत्तराखण्डबाट बिजुली ल्याउने, आयात दरमा १.५ प्रतिशतमात्र वृद्धि

    1.5K
    SHARES
    नेपालले एक वर्षका लागि बिहार, युपी र उत्तराखण्डबाट बिजुली ल्याउने, आयात दरमा १.५ प्रतिशतमात्र वृद्धि

    काठमाण्डाै । नेपालले भारतका विहार, उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यबाट विद्युत आयात गर्ने भएको छ ।नेपालले एक वर्षका लागि विद्युत आयात गर्ने भएको हो । शुक्रबार आज नेपाल–भारत विद्युत आदान–प्रदान समितिको पोखरामा सम्पन्न १७औं बैठक यस्तो सहमति भएको हो ।



    नेपाल विद्युत प्राधिकरणका अनुसार बैठकले आगामी एक वर्षका लागि विद्युत खरिददरसमेत निर्धारण गरेको छ । दुवै पक्षबीच भएको विस्तृत छलफलपश्चात गत वर्ष कायम गरिएको दरमा १.५ प्रतिशतमात्र वृद्धि गर्ने सहमति भएको प्राधिकरणले जानकारी दिएको छ ।

    उक्त सहमतिअनुसार चालु वर्षका लागि १३२ केभी प्रसारण लाइनमार्फत खरिद गरिने विद्युतको दर प्रति युनिट ८.२२, ३३ केभी स्तरमा प्रति युनिट ८.९१ तथा ११ केभी स्तरमा प्रति युनिट ९.५५ कायम गरिएको छ ।

    साथै विद्युत खरिद दरको संरचनासम्बन्धी विषयमा आगामी वर्ष पुनः विस्तृत समीक्षा गरी छलफल गर्ने सहमति पनि भएको विद्युत प्राधिकरणले जनाएको छ । हाल विद्युत प्राधिकरणले दैनिक करिब १२ देखि १४ हजार मेगावाट घण्टा विद्युत आयात गरिरहेको छ ।

    बैठकमा नेपालको नेतृत्व प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरेका थिए भने भारतको तर्फबाट केन्द्रीय विद्युत प्राधिकरणका बोर्ड सदस्य विजय कुमार सिंहले गरेका थिए । बैठकमा नेपाल र भारतबीच विद्युत आदान–प्रदानका लागि पीइसीमार्फत विद्युत खरिद गर्ने प्रक्रिया सन् १९९२ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको प्राधिकरणले जानकारी दिएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट