logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • संवैधानिक परिषदको बैठक स्थगित

    संवैधानिक परिषदको बैठक स्थगित

    • GP Paudel
    • आइतबार, २८ मंसिर २०७७
    2.8K
    SHARES
    संवैधानिक परिषदको बैठक स्थगित

    काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएपछि आइतबार बिहानका लागि बोलाइएको बैठक स्थगित भएको हो ।



    बैठकमा सभामुख अग्निप्रसाद सापकोटा पनि नजाने भए पछि ओलीले बोलाएको बैठक अन्यौलमा परेको थियो र अन्ततः स्थगित भयो । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था छ ।

    अध्यक्ष र चारजना सदस्य उपस्थित भए मात्रै गणपुरक संख्या पुग्छ । ओलीले संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिबारे छलफल गर्न भन्दै बोलाएको बैठक स्थगित भएको हो ।


    GP Paudel
  • आइतबार, २८ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट