logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • प्रभु इन्स्योरेन्सले डाक्यो साधारणसभा, लाभांश पारितसँगै यस्ता छन् अन्य अजेन्डा

    प्रभु इन्स्योरेन्सले डाक्यो साधारणसभा, लाभांश पारितसँगै यस्ता छन् अन्य अजेन्डा

    403
    SHARES
    प्रभु इन्स्योरेन्सले डाक्यो साधारणसभा, लाभांश पारितसँगै यस्ता छन् अन्य अजेन्डा

    काठमाण्डौ । प्रभु इन्स्योरेन्सले आफ्नो ३० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।



    कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो वैशाख ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँको कुल ९.१५७९ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ८.७ प्रतिशतले हुन आउने १४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४५७९ प्रतिशतले हुन आउने ७७ लाख ८८ हजार ५८८ रुपैयाँबराबरको नगद लाभांश छन्।

    लाभांश वितरणपछि कम्पनीको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। सभाले संस्थागत उत्तरदायित्वअन्तर्गतका खर्च पारित गर्नुका साथै प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न नियामकहरुबाट प्राप्त रायसुझाव समावेश गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान अर्को विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

    लाभांश र सभा प्रयोजनार्थ कम्पनीले चैत २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।


    अर्थ चाैतारी
  • बुधबार, १८ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट