logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • एमसीसी खारेज गर्न संसद बैठकमा हर्क साम्पाङको प्रस्ताव

    एमसीसी खारेज गर्न संसद बैठकमा हर्क साम्पाङको प्रस्ताव

    598
    SHARES
    एमसीसी खारेज गर्न संसद बैठकमा हर्क साम्पाङको प्रस्ताव

    काठमाण्डौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राइले अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्न माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।



    ‘देशको स्वाधिनता, भूराजनीति, सैन्य रणनीतिका साथ ल्याइएको एमसीसी खारेज गर्नुपर्छ,’ उनले बैठकमा भने, ‘सीमावर्ती क्षेत्रमा नेपाल सरकारले निगरानी राख्नुपर्छ।’ उनले सबै सांसदको सम्पत्ति छानबिन गर्न पनि माग गरे। शिक्षालाई उत्पादन, निर्माण र आविष्कारसँग जोड्नुपर्छ, सरकारले त्यसमा ध्यान देओस्,’ उनले भने। उनले जीवनोपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड दिए।

    उनले समयको ख्याल गर्न पनि सबैसँग आग्रह गरे। ‘१६ मिनेट ५५ सेकेण्ड हामी ढिला भयौ। जनताले हामीलाई ढिला गर भनेर यहाँ पठाएको जस्तो मलाई लाग्दैन’ उनले भने, ‘नेपाल हो, नेपाली हो भन्ने जुन भाष्य मनमा लिएर बसेका छौँ, यो गलत हो। आउँदा दिन बैठक सुरु हुनुभन्दा थोरै ५ मिनेट अघि आउनुपर्छ।’

    सांसद राईले संसदभित्र विभेद भएको गुनासो पनि गरे। ‘हामी पनि जनताले चुनेका जनप्रतिनिधि हौँ। जनताका माग राख्न प्रसस्त समय दिनुपर्छ।’


    अर्थ चाैतारी
  • विहिबार, १९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट