logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • लुम्बिनी विकास बैंकद्वारा युनाइटेड स्कुललाई डेक्स बेन्च सहयोग

    लुम्बिनी विकास बैंकद्वारा युनाइटेड स्कुललाई डेक्स बेन्च सहयोग

    611
    SHARES
    लुम्बिनी विकास बैंकद्वारा युनाइटेड स्कुललाई डेक्स बेन्च सहयोग

    विदुर । लुम्बिनी विकास बैंक बट्टार शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई डेक्स बेन्च सहयोग गरेको छ । बिहीबार एक कार्यक्रम गरी बैंकले युनाइटेड आधारभूत विद्यालय विदुर ४ बट्टारलाई डेक्स तथा बेन्च सहयोग गरेको हो ।



    एक कार्यक्रमको आयोजना गरी बैंकका शाखा प्रबन्धक अजय आचार्य तथा शाखा कर्मचारीहरूले डेक्स बेन्च विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव नारायण चित्रकार र प्रधानाध्यापक रमेशकुमार श्रेष्ठलाई हस्तान्तरण गरे ।

    सो विद्यालयमा निम्न आय भएका १ सय ६७ बालबालिका अध्ययनरत रहेका छन् । कार्यक्रममा वडाध्यक्ष निलमबाबु ढुङ्गेलले सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए ।


    अर्थ चाैतारी
  • विहिबार, १९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट