logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते

    राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते

    572
    SHARES
    राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते

    काठमाण्डौ । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ । बिहीबारको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षको निर्वाचनका लागि मिति तोकेका हुन् ।



    उनले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन तय गरेको बताए । उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन पनि दिए ।

    त्यस्तै राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचनका लागि चैत २४ गते हुनेछ । रिक्त सभापतिहरूको निर्वाचनका लागि दाहालले राष्ट्रिय सभाका सचिव तुलबहादुर पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गर्न निर्देशन दिए ।

    त्यस्तै राष्ट्रिय सभाको अर्को बैठक चैत २२ गते आइतबार बस्नेछ ।


    अर्थ चाैतारी
  • विहिबार, १९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट