logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • उकालो लाग्यो मुद्रास्फीति, इन्धन भाउ बढ्दा सबै क्षेत्रमा बढ्दै महँगी

    उकालो लाग्यो मुद्रास्फीति, इन्धन भाउ बढ्दा सबै क्षेत्रमा बढ्दै महँगी

    702
    SHARES
    उकालो लाग्यो मुद्रास्फीति, इन्धन भाउ बढ्दा सबै क्षेत्रमा बढ्दै महँगी

    काठमाण्डौ । मुद्रास्फीति उकालो लाग्न सुरु भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत छ । जुन अघिल्लो आर्थिक वर्षकै हाराहारी हो ।



    यसअघि कात्तिक/मंसिरमा मुद्रास्फीति तल्लो बिन्दुमा थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत छ । गैरखाद्य तथा सेवा समूहको ६.३३ प्रतिशत छ । अघिल्लो वर्ष यी समूहको मुद्रास्फीति क्रमश: ३.३४ र ३.९७ प्रतिशत थियो ।

    गत ८ महिनाको औसत मुद्रास्फीति २.१३ प्रतिशत छ । अघिल्लो आवमा यस्तो औसत मुद्रास्फीति ४.७२ प्रतिशत थियो । यस अवधिमा तरकारीको ११.४९ प्रतिशत, घिउ तथा तेल ९.८६ र फलफूलको ९.६३ प्रतिशत बढेको छ ।

    त्यस्तै दाल तथा गेडागुडीको ३.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.१८ र मरमसलाको २.०३ प्रतिशत गिरावट आएको छ ।

    गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २२.८१ प्रतिशत, शिक्षा ७.४६, मदिराजन्य पेय पदार्थ ७७, कपडाजन्य तथा जुत्ताचप्पल ४.७३ र सुर्तीजन्य पदार्थको ३.५७ प्रतिशत बढेको छ । तर, बीमा तथा वित्तीय सेवाको ०.०३ प्रतिशत घटेको छ ।

    ग्रामीण भेगको ३.०६ र सहरी भेगको ३.८२ प्रतिशतले मुद्रास्फीति बढेको छ । प्रदेशगत हेर्दा कोशीको ३.९६, मधेस ४.९५, बागमती ३.३१, गण्डकी २.८७, लुम्बिनी ४.२१, कर्णाली २.२१ र सुदूरपश्चिमको २.२५ प्रतिशत छ ।


    अर्थ चाैतारी
  • विहिबार, १९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट