काठमाण्डौ । सरकारले खाडी क्षेत्रमा रहेका नेपालीहरूको उद्धारका लागि विशेष उडान गर्ने भएको छ। बुधबार परराष्ट्रमन्त्री शिशिर खनालको समन्वयमा सरकारका विभिन्न निकायको छलफलले यस्तो निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल एयरलाईन्समार्फत भोलिदेखि तीन दिनसम्म चार वटा उडान गरिने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार निम्न मिति र समय अनुसार नेपाल एयरलाईन्सको उडान सञ्चालन गरिने छ।
३ अप्रिल २०२६ काठमाण्डौ–दुबई — २३ः१५ (स्थानीय समय)
४ अप्रिल २०२६ दुबई–काठमाण्डौ — ०४ः१० (स्थानीय समय)
५ अप्रिल २०२६ काठमाण्डौ–दमाम — ०८ः३० (स्थानीय समय)
५ अप्रिल २०२६ दमाम–काठमाण्डौ — १२ः२० (स्थानीय समय)
पश्चिम एशियामा जारी तनाव तथा सुरक्षा अवस्थाका कारण यी क्षेत्रहरूमा नियमित उडानहरू २८ फेब्रुअरी २०२६ देखि स्थगित रहेका थिए।
अर्थ चाैतारी ।