logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • इरान युद्धको असर: पाकिस्तानमा पेट्रोलको मूल्य ४५० रुपैयाँ नाघ्यो, डिजेलको भाउ अझ बढी

    इरान युद्धको असर: पाकिस्तानमा पेट्रोलको मूल्य ४५० रुपैयाँ नाघ्यो, डिजेलको भाउ अझ बढी

    949
    SHARES
    इरान युद्धको असर: पाकिस्तानमा पेट्रोलको मूल्य ४५० रुपैयाँ नाघ्यो, डिजेलको भाउ अझ बढी

    काठमाण्डौ । इरान युद्धका कारण पाकिस्तानमा डिजेलको मूल्य पाकिस्तानी रुपैयाँ ५ सय र पेट्रोलको मूल्य साढे ४ सय नाघेको छ।



    बीबीसी उर्दुका अनुसार पाकिस्तानमा बिहीबार मध्यरातदेखि लागु नयाँ मूल्यअनुसार डिजेलको मूल्य प्रतिलिटर पाकिस्तानी रुपैयाँ ५२०.३५ (नेपाली रुपैयाँ २७७.९४) पुगेको हो।

    यस्तै पेट्रोलको मूल्य प्रतिलिटर पाकिस्तानी रुपैयाँ ४५८.४१ (नेपाली रुपैयाँ २४४.८६) पुगेको छ।

    बिहीबार राति पाकिस्तानका पेट्रोलियम मन्त्री अली परवेज मलिक र अर्थमन्त्री मोहम्मद औरंगजेबले पत्रकार सम्मेलन गरी पेट्रोलमा प्रतिलिटर १३७.२३ र डिजेलमा प्रतिलिटर १८४.४९ पाकिस्तानी रुपैयाँ वृद्धि गरिएको जानकारी गराएका हुन्।

    इरान युद्ध सुरु भएयता पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मूल्य दोस्रोपटक बढाएको हो।

    यसअघि मार्च ४ मा पेट्रोल र डिजेलको मूल्यप्रति लिटर पाकिस्तानी रुपैयाँ समान ५५ बढाइएको थियो।

    नेपालमा पनि पेट्रोलको मूल्य २०२ रुपैयाँ पुगेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट