logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • राष्ट्र बैंकले गर्‍यो दुई मनि चेन्जरको लाइसेन्स रद्द

    राष्ट्र बैंकले गर्‍यो दुई मनि चेन्जरको लाइसेन्स रद्द

    923
    SHARES
    राष्ट्र बैंकले गर्‍यो दुई मनि चेन्जरको लाइसेन्स रद्द

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दुई वटा मनि चेन्जरको लाइसेन्स रद्द गरेको छ । राष्ट्र बैंकले अमृत लक्ष्मी मनि चेन्जर प्रालि र सुपर फाइन मनि चेन्जर प्रालिको अनुमतिपत्र खारेज गरेको हो ।



    दुवै कम्पनीले अनुमतिपत्र समयमा नवीकरण नगरेपछि बैंकले खारेज गरेको जनाएको छ । दुवै कम्पनी मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१५ मा रहेका छन् ।

    राष्ट्र बैंकका अनुसार मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा नवीकरण गर्न नसकेकोले इजाजत पत्र रद्द गर्ने गरेको हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट