logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सभामुखमा डीपी अर्याल निर्विरोध, आधिकारिक घोषणा आइतबार हुने

    सभामुखमा डीपी अर्याल निर्विरोध, आधिकारिक घोषणा आइतबार हुने

    637
    SHARES
    सभामुखमा डीपी अर्याल निर्विरोध, आधिकारिक घोषणा आइतबार हुने

    काठमाण्डौ । प्रतिनिधिसभाको सभामुख पदमा सांसद डीपी अर्याल निर्विरोध भएका छन् ।



    आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकिएको मनोनयन दर्ताको समयमा अर्यालको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । यद्यपि, उनी निर्वाचित भएको आधिकारिक घोषणा हुन भने बाँकी छ ।

    प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार, सभामुख पदमा एक जनाको मात्र मनोनयन परेमा सदनमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्यलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने प्रावधान छ । सोही प्रक्रिया अनुसार आगामी आइतबार बस्ने प्रतिनिधिसभाको बैठकले अर्याललाई सभामुख घोषित गर्नेछ ।

    अर्याल सभामुख चुनिएसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ । उपसभामुखको निर्वाचन नयाँ सभामुखले तोकेको दिन र समयमा हुने कानुनी व्यवस्था छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट