logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • क्रिप्टो करेन्सी कारोबारी चिनियाँ नागरिक पक्राउ

    क्रिप्टो करेन्सी कारोबारी चिनियाँ नागरिक पक्राउ

    351
    SHARES
    क्रिप्टो करेन्सी कारोबारी चिनियाँ नागरिक पक्राउ

    काठमाण्डौ । १७ करोड ७९ लाख रुपैयाँ भन्दा बढी बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका २६ ठमेल बस्ने वर्ष ३५ को झु यी फेङ नामक चिनियाँ नागरिक रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ।



    उनले विभिन्न सामाजिक सञ्जालबाट नेपाली नागरिकहरूसँग कुराकानी गरी प्रलोभन देखाएर विश्वासमा पारी नेपाली नागरिकहरूका बैंक खाताहरू समेत प्रयोग गरेर ठगी गर्ने गरेको र ठगी गरेको रकमलाई अभौतिक मुद्रामा साटी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ।

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट खटिएको प्रहरी टोलीले उनलाई ठमेलबाट नेपाली १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ २३ पैसा बराबरको अभौतिक मुद्राको कारोबार, थान ३ मोबाइल र इन्टरनल एक्सप्रेस लेखिएको रकम पठाउन प्रयोग गरिने कागजातहरू सहित नियन्त्रणमा लिएको हो।

    उनीविरुद्ध काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जनाएका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट