logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • संघीय संसद्को दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची

    संघीय संसद्को दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची

    442
    SHARES
    संघीय संसद्को दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची

    काठमाण्डौ । संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा, दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ भने राष्ट्रियसभामा विभिन्न मनोनयन र प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।



    अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । सिंहदरबारस्थित नयाँ संसद् भवनमा बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा ‘डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्तावलाई औपचारिक रूपमा निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।

    अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक छन् भने सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका छन् ।

    यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ । बैठकमा सभाध्यक्षले विषयगत समितिहरूमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची छ । साथै, अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम पनि मनोनयन गरिनेछ ।

    संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार, बैठकमा बालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट