logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • हिमालयन लाइफले स्वीकृत गर्‍यो सुलभ अग्रवालको राजीनामा

    हिमालयन लाइफले स्वीकृत गर्‍यो सुलभ अग्रवालको राजीनामा

    286
    SHARES
    हिमालयन लाइफले स्वीकृत गर्‍यो सुलभ अग्रवालको राजीनामा

    काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सञ्चालक समितिका अध्यक्ष रहेका सुलभ अग्रवालले दिएको राजीनामा स्वीकृत गरेको छ।



    उनले चैत १९ गते अध्यक्ष र सञ्चालक दुवै पदबाट राजीनामा दिएका थिए। गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव ईश्वर कुमार सेढाईंले जानकारी दिए।

    अग्रवाल शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा हुन्। अग्रवाल बाबुछोरा दुवैलाई अहिले प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रवालका व्यावसायिक साझेदार दीपक भट्टलाई यसअघि नै पक्राउ गरिसकेको छ।

    उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट