logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    689
    SHARES
    पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    काठमाण्डौ । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति दिएको छ ।



    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका खड्कालाई नेपाल प्रहरीको सीआईवीले आइतबार बिहान पक्राउ गरेको थियो । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।

    आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।

    खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी सङ्कलन समेत गरेको थियो।


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट