logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप

    शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप

    689
    SHARES
    शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप

    काठमाण्डौ । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाण्डौले उनीविरुद्ध ५ दिन म्याद थप गरेको हो । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो ।



    बहस सकिएसँगै उनलाई ५ दिन म्याद थप गरिएको जिल्ला अदालत काठमाण्डौका प्रवक्ता दीपक कुमार श्रेष्ठले जानकारी दिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ । अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो ।

    यसअघि शुक्रबार नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । उनलाई भने बयान सकेर छोडिएको छ । शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ । यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो ।

    यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट