logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • स्वर्गीय उज्वल थापाको जीवनमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब ‘डी गो’ ओटीटीमा उपलब्ध

    स्वर्गीय उज्वल थापाको जीवनमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब ‘डी गो’ ओटीटीमा उपलब्ध

    130
    SHARES
    स्वर्गीय उज्वल थापाको जीवनमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब ‘डी गो’ ओटीटीमा उपलब्ध

    काठमाण्डौ । नेपालका दूरदर्शी चिन्तक, वैकल्पिक राजनीतिका प्रणेता तथा सामाजिक अभियन्ता स्वर्गीय उज्वल थापाको प्रेरणादायी जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र “दिमाग घोच्ने मान्छे” अब आधिकारिक रूपमा डिजिटल स्ट्रिमिङका लागि उपलब्ध भएको छ। दर्शकहरूले यसलाई ओटीटी (OTT) प्लेटफर्म -डी गो (DGO)मार्फत विश्वभरबाट हेर्न सक्नेछन्। निर्माण पक्षका अनुसार यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य हिस्सा ‘उज्वल थापा फाउन्डेसन’ लाई प्रदान गरिनेछ, जसले थापाले सुरु गर्नुभएका सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन थप सहयोग पुग्ने विश्वास लिइएको छ।



    एक पुस्तालाई झक्झक्याउने कथा समेटिएको यस वृत्तचित्रले उज्वल थापाको बाल्यकाल, अमेरिकाको शिक्षा, र नेपाल फर्किएपछि उद्यमशीलतामार्फत देश परिवर्तन गर्न उनले गरेको संघर्षलाई मसिनोसँग केलाएको छ। दुर्लभ भिडियो फुटेज र उनका साथीहरू, सहयात्रीहरू तथा आलोचकहरूको अनुभवमार्फत बुनिएको यो चलचित्रले एक यस्तो व्यक्तित्वको चित्रण गर्छ, जसले समाजलाई प्रश्न गर्न र परिवर्तनको जिम्मेवारी आफैँले लिन सिकाए। यो वृत्तचित्र केवल एक व्यक्तिको जीवनी मात्र नभई समृद्ध नेपालको सपना देख्ने हरेक नेपालीका लागि एक वैचारिक प्रेरणाको स्रोत बनेको छ।

    नेपाल र विश्वभर रहेका दर्शकहरूले डी गो (DGO) को मोबाइल एप वा वेबसाइटमार्फत यो वृत्तचित्र हेर्न सक्नेछन्। यसका लागि नेपालमा रु. १९९, अमेरिका र अष्ट्रेलियामा $४.९९ र बाँकी विश्वका लागि $२.९९ शुल्क तय गरिएको छ। उज्वल थापाको विचार र सपनाहरूलाई जीवित राख्न स्थापना गरिएको ‘उज्वल थापा फाउन्डेसन’ ले विशेष गरी युवा नेतृत्व विकास, वैकल्पिक राजनीति र नागरिक सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ। यो वृत्तचित्र हेरेर दर्शकहरूले उज्वल थापाको अभियान र सोचलाई थप उचाइमा पुऱ्याउन सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ।


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट