logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • एनसेलको नयाँ वर्ष अफर: ६९९ रुपैयाँमै २८ दिनसम्म अनलिमिटेड डेटा र कलको सुविधा

    एनसेलको नयाँ वर्ष अफर: ६९९ रुपैयाँमै २८ दिनसम्म अनलिमिटेड डेटा र कलको सुविधा

    390
    SHARES
    एनसेलको नयाँ वर्ष अफर: ६९९ रुपैयाँमै २८ दिनसम्म अनलिमिटेड डेटा र कलको सुविधा

    काठमाण्डौ । निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०८३ को अवसरमा आफ्ना ग्राहकका लागि सेवा शुल्कमा भारी कटौती गर्दै नयाँ अफर ल्याएको छ।



    कम्पनीले कल र इन्टरनेट सेवाको महसुल ६५ प्रतिशतसम्म घटाएर प्रिपेड प्रयोगकर्ताका लागि विशेष अनलिमिटेड कम्बो प्याक सार्वजनिक गरेको हो। यसअघि १ हजार ९९९ रुपैयाँ पर्ने उही सेवालाई अहिले ग्राहकले मात्र ६९९ रुपैयाँमा उपभोग गर्न पाउनेछन्।

    कम्पनीले ल्याएको यस आकर्षक प्याकमा २८ दिनको समयावधिभर कुनै पनि नेटवर्कमा असीमित कुराकानी गर्न सकिने गरी अनलिमिटेड कलको सुविधा दिइएको छ। त्यसैगरी ग्राहकले अनलिमिटेड डेटा र दैनिक १०० वटा एसएमएस पनि प्राप्त गर्नेछन्। अनलाइन कारोबार, गेमिङ, अध्ययन र मनोरञ्जनका लागि इन्टरनेटको माग बढिरहेको समयमा एनसेलले ल्याएको यो सस्तो प्याकले उपभोक्तालाई ठूलो राहत दिने देखिएको छ।

    मनोरञ्जनलाई थप प्राथमिकता दिँदै यस प्याकभित्र लायन्स गेट प्लेमा निःशुल्क पहुँचको व्यवस्था समेत गरिएको छ। यसबाट ग्राहकले हलिउडका चर्चित चलचित्र, टेलिभिजन सो र वृत्तचित्रहरू सजिलै हेर्न पाउनेछन्। एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कनेक्टिभिटीको बढ्दो मागलाई सम्बोधन गर्न र ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरीय सेवा दिन यो प्याक ल्याइएको बताएका छन्। यसले डिजिटल नेपालको सरकारी लक्ष्यलाई समेत टेवा पुर्‍याउने उनको विश्वास छ।

    ग्राहकले आफ्नो मोबाइलबाट एस्ट्रिक्स१२३ह्यास डायल गरी यो प्याक तत्काल सुचारु गर्न सक्छन्। साथै एनसेल एप वा नजिकैको एनसेल सेन्टर र पसलहरूबाट पनि यो सेवा लिन सकिने व्यवस्था मिलाइएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट