logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • उपसभामुखमा रुवी र सरस्वतीबीच प्रतिस्पर्धा

    उपसभामुखमा रुवी र सरस्वतीबीच प्रतिस्पर्धा

    650
    SHARES
    उपसभामुखमा रुवी र सरस्वतीबीच प्रतिस्पर्धा

    काठमाण्डौ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ । उपसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि तोकेको बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा लामा र ठाकुरको उम्मेदवारी मनोनयन दर्ता भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।



    रुवी कुमारीको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

    त्यस्तै, लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र राप्रपाकै अन्य सांसदहरू खुश्वु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी छन् । प्रतिनिधि सभामा सत्तारुढ दल रास्वपाको एकल बहुमत छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत छ । त्यसैले ठाकुर रास्वपाले मतदान गर्‍यो भने उपसभामुखमा निर्वाचित हुने निश्चित छ ।

    सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता पछि रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले आफूहरूले श्रम संस्कृति पार्टीका उम्मेदवार रुवी कुमारीलाई उपसभामुखमा मतदान गर्ने पत्रकारहरूसँग बताएका थिए ।


    अर्थ चाैतारी
  • विहिबार, २६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट