logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेपाल टेलिकमले ल्यायो एसईई अफर

    नेपाल टेलिकमले ल्यायो एसईई अफर

    364
    SHARES
    नेपाल टेलिकमले ल्यायो एसईई अफर

    काठमाण्डौ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर २०८२ उपलब्ध गराएको छ। अफरअन्तर्गत विद्यार्थीहरुलाई नयाँ सिमकार्ड उपलब्ध गराइनेछ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरुले समेत सोही नम्बरमा उक्त अफर प्राप्त गर्न सक्ने छन्।



    एसईई अफर बिहीबारदेखि सुरु भएको छ र आगामी २०८३ असार २६ गतेसम्म उपलब्ध हुनेछ। यसका लागि २० रुपैयाँमा नयाँ सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट उपलब्ध हुनेछ। सिमकार्ड सक्रिय गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन्। नयाँ सिमकार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने ९.८० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिनेछ।

    यसमा एसईई प्याकेज २०८२ अन्तर्गत ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटा समेत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने सेवा सोही दिनका लागि मात्र कायम रहनेछ।

    • अफरअन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल गर्न र ५० वटा अन–नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ। रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नुपर्दछ।
    • नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । साथै सिमकार्ड सक्रिय गर्नका लागि स्वयंले स्टार१४१४ह्यास डायल गर्नुपर्नेछ । सो पश्चात् अफर प्राप्त गर्नका लागि स्टार१६००ह्यास डायल गरी निर्देशनअनुसार गर्नुपर्नेछ।
    • पहिले नै प्रयोग भइरहेको सिममा समेत स्टार१६००ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार अंग्रेजी अल्फाबेटबाहेक एसईईको सिम्बोल नम्बर टाइप गरी सेन्ड गर्ने ।
      विक्रम संवतमा जन्म मिति टाइप गरी सेन्ड गर्ने, जन्ममिति टाइप गर्दा वर्ष, महिना र दिन ढाँचामा टाइप गर्नुपर्नेछ ।

    सबै तथ्यांक प्रमाणीकरणपश्चात् अफर उपलब्ध हुनेछ।

    गत वर्ष समेत कम्पनीले विद्यार्थीहरुलाई यस प्रकारको अफर उपलब्ध गराएको र विद्यार्थीहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यसलाई निरन्तरता दिइएको हो । यसबाट विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा छ।


    अर्थ चाैतारी
  • विहिबार, २६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट