logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • बालेनलाई राष्ट्रसंघ महासचिवको बधाई: इमान्दारीसाथ काम गर्न सुझाव

    बालेनलाई राष्ट्रसंघ महासचिवको बधाई: इमान्दारीसाथ काम गर्न सुझाव

    1K
    SHARES
    बालेनलाई राष्ट्रसंघ महासचिवको बधाई: इमान्दारीसाथ काम गर्न सुझाव

    काठमाण्डौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै नेपालको दिगो विकास र संस्थागत सुदृढीकरणका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।



    प्रधानमन्त्रीका रूपमा शाहले कार्यभार सम्हालेकोमा शुभकामना व्यक्त गर्दै महासचिव गुटेरसले ८ अप्रिलमा एक पत्रमार्फत नेपाल र राष्ट्रसंघबीचको लामो र अटुट साझेदारीलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका हुन्। उनले नेपालमा युवा नेतृत्वको आगमनलाई संकेत गर्दै सार्वजनिक जीवनमा सत्यनिष्ठा र नागरिक केन्द्रित शासनको आवश्यकतामा जोड दिएका छन्।

    गुटेरसले पत्रमा भनेका छन्, ‘तपाईंको नेतृत्व यस्तो समयमा आएको छ, जहाँ नयाँ पुस्ताले निर्णायक प्रगति, सार्वजनिक जीवनमा उच्च इमानदारिता र नागरिकलाई सेवा प्रवाह गर्ने संस्थाको माग गरिरहेका छन्।’ महासचिव गुटेरसले सन् २०३० को दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न नेपालस्थित राष्ट्रसंघीय टोलीले सरकारका प्राथमिकतामा पूर्ण साथ दिने समेत स्पष्ट पारेका छन्। शाहको कार्यकालमा नेपालले बहुपक्षीय सहयोग र कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउनेमा राष्ट्रसंघ विश्वस्त रहेको पत्रमा उल्लेख छ।

    नेपालले राष्ट्रसंघसँग गर्दै आएको निरन्तरको सहकार्य र प्रतिबद्धताको प्रशंसा गर्दै गुटेरसले भनेका छन्, ‘नेपालले संयुक्त राष्ट्रसंघसँग राख्दै आएको निरन्तरको संलग्नता र बहुपक्षीय सहयोगप्रतिको प्रतिबद्धताको म उच्च कदर गर्दछु।’

    पछिल्लो समय नेपालको आन्तरिक राजनीतिमा आएको परिवर्तन र नयाँ नेतृत्वप्रति अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेका बेला राष्ट्रसंघीय प्रमुखको यो सन्देशलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा लिइएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ३० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट