logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • मोबाइल लुटेर खाताबाट सवा दुई लाख निकालेको आरोपमा तीन युवक पक्राउ

    मोबाइल लुटेर खाताबाट सवा दुई लाख निकालेको आरोपमा तीन युवक पक्राउ

    819
    SHARES
    मोबाइल लुटेर खाताबाट सवा दुई लाख निकालेको आरोपमा तीन युवक पक्राउ

    काठमाण्डौ । मोबाइल लुटेर बैंक खाताबाट सवा दुई लाख रुपैयाँ निकालेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ। काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत २७ गते मोबाइल चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको हो।



    पक्राउ पर्नेमा काठमाण्डौ-११ घर भई हाल बुढानिलकण्ठ-११ जगडोलमा बस्ने १९ वर्षीय समिर तामाङ, दोलखाको मेलुङ-५ डाँडाखर्च घर भई बुढानिलकण्ठ-६ का १८ वर्षीय जनम तामाङ र खोटाङको कोपिलासगढी-७ सुडदेल घर भई हाल बुढानिलकण्ठ-१३ कपनमा बस्ने १८ वर्षी प्रज्वल राईलाई रहेका छन्।

    उनीहरूले मोबाइल चोरेर त्यस मोबाइलमा रहेको बैंक खातामा अनाधिकृत पमा पहुँच पु¥याएको पाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बताए। त्यसपछि उनीहरूले मोबाइलमा रहेका बैंक खाता र वालेटमा भएको दुई लाख २७ हजार ६ सय रुपैयाँ अन्य बैंक तथा वालेटमा ट्रान्सफर गरेको उनले बताए।

    उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूबाट चोरिएको मोबाइल पनि बरामद गरिएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ३० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट