logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • दुर्गा प्रसाईंलाई ६५ करोड रुपैयाँ ऋण दिन अदालतकाे आदेश (पूर्णपाठ)

    दुर्गा प्रसाईंलाई ६५ करोड रुपैयाँ ऋण दिन अदालतकाे आदेश (पूर्णपाठ)

    351
    SHARES
    दुर्गा प्रसाईंलाई ६५ करोड रुपैयाँ ऋण दिन अदालतकाे आदेश (पूर्णपाठ)

    काठमाण्डाै । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको पूर्वाञ्चल क्यान्सर हस्पिटललाई झापा जिल्ला अदालतले ६५ करोड ऋण दिन आदेश दिएको छ । गत माघ २५ गते अदालतका न्यायाधीश लोकबहादुर हमालको एकल इजलासले उक्त आदेश दिएको हो । आदेश माघमा भए पनि अहिले पूर्णपाठ सार्वजनिक भएको छ।



    आदेशमा चालुपुँजीका लागि ३५ करोड र मेडिकल उपकरण खरिद गर्न ३० करोड ऋण दिनुपर्ने उल्लेख छ ।

    बैंक र मेडिकल कलेजबीच २०७५ चैत २५ गते ऋण प्रवाह गर्ने भनेर सम्झौता भएको थियो । सम्झौता भएपछि बैंकले प्रसाईंलाई ऋण प्रवाह नदिने बताएकाे थियाे । सम्झौता गरेपनि उनले बैंकबाट ऋण नपाउने भएपछि अदालत गएका थिए । सोही बमोजिम अदालतले प्रसाईंको पक्षमा आदेश दिएको हो ।

    पूर्वाञ्चल क्यान्सर हस्पिटलका तर्फबाट अध्यक्ष प्रसाईंले कुमारी बैंक (साविकको एनसीसी), प्रभु बैंक, ग्लोबल आईएमई बैंक र गुडविल फाइनान्सलाई विपक्षी बनाउँदै २०८० पुस २६ गते जिल्ला अदालत झापामा रिट दायर गरेका थिए ।

    सम्झौताअनुसार कर्जा दिनुपर्ने र ब्याज पुँजीकरण गर्नुपर्ने माग गर्दै दायर भएको रिटमा २०८० माघ २५ गते फैसला सुनाउँदै ६५ करोड कर्जा दिन र ब्याज पुँजीकरण गर्नसमेत आदेश दिएको हो।

    यस्ताे छ अदालतकाे आदेश

    Skip to PDF content


    अर्थ चाैतारी
  • शुक्रबार, ४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट