logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • सरकारी कार्यालय प्रमुखलाई फोन उठाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

    सरकारी कार्यालय प्रमुखलाई फोन उठाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

    793
    SHARES
    सरकारी कार्यालय प्रमुखलाई फोन उठाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

    काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी मोबाइल कार्यालय समयमा अनिवार्य उठाउन सबै कार्यालय प्रमुख र प्रवक्तालाई निर्देशन दिएको छ।



    सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवाल, सातै प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको छ। परिपत्रमा सरकारी निकायमा कार्यरत कर्मचारीको नाम, मोबाइल नम्बर र इमेल कार्यालयको वेबसाइटमा तत्काल अद्यावधिक गर्न भनिएको छ।

    त्यस्तै, कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीले कार्यालयको मोबाइल फोन कम्तिमा कार्यालय समयमा अनिवार्य उठान निर्देशन दिएको छ। नागरिक तथा सेवाग्राहले माग गरेको सूचना तथा गुनासो तत्काल सम्बोधन गर्ने गराउने व्यवस्था गर्न भनिएको छ।

    सरकारी निकायको वेबसाइटमा कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीको विवरण अद्यावधिक नहुने गरेकोछ, कार्यालयको टेलिफोन तथा मोबाइल नउठ्ने गरेको गुनासो आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचेत गराएको हो।


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट