logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • एयरपोर्टको महँगो पार्किङ शुल्क पुनरावलोकन गर्न ५ सदस्यीय समिति गठन

    एयरपोर्टको महँगो पार्किङ शुल्क पुनरावलोकन गर्न ५ सदस्यीय समिति गठन

    247
    SHARES
    एयरपोर्टको महँगो पार्किङ शुल्क पुनरावलोकन गर्न ५ सदस्यीय समिति गठन

    काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशभरका विमानस्थलहरूमा सवारी साधन पार्किङ शुल्क अत्यधिक महँगो भएको गुनासो बढेपछि शुल्क पुनरावलोकन प्रक्रिया अघि बढाएको छ ।



    विमानस्थल प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीहरूबाट पार्किङ शुल्क अव्यवहारिक र महँगो भएको भन्दै निरन्तर गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय को निर्देशनमा क्यानले शुल्क संशोधनका लागि सोमबार समिति गठन गरेको हो ।

    प्राधिकरणका अनुसार, शुल्क निर्धारणमा देखिएका समस्या तथा सर्वसाधारणका गुनासोलाई सम्बोधन गर्न निमित्त उपमहानिर्देशक विनोद प्रसाद न्यौपाने को संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

    समितिलाई तीन दिनभित्र पार्किङ शुल्कको वर्तमान अवस्था अध्ययन गरी आवश्यक संशोधनका लागि प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट