logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • व्यवसायी शेखर गोल्छा पक्राउ

    व्यवसायी शेखर गोल्छा पक्राउ

    377
    SHARES
    व्यवसायी शेखर गोल्छा पक्राउ

    काठमाण्डौ । प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो।



    उनलाई काठमाण्डौकाे नारायणचौर (नक्साल) बाट पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकृतले बताए। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन्।

    हिमालयन रिइन्स्याेरेन्स कम्पनीकाे सेयरमा इन्साइडर ट्रेडिङ (भित्री काराेबार) गरेकाे विषयमा नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) आवश्यक अनुसन्धानका लागि सिफारिस गरेसँगै उनलाई पक्राउ गरिएकाे ती अधिकृतले बताए।

    हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छालाई काठमाण्डौ जिल्ला अदालतबाट आजै पक्राउ अनुमति लिएको थियो।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टको व्यावसायिक कारोबारमा उनकाे संलग्नता देखिएकाे थियाे।


    अर्थ चाैतारी
  • विहिबार, १० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट