logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • यस्तो छ पक्राउ परेका विक्रम पाण्डेसहित ९ जनामाथिको अभियोग

    यस्तो छ पक्राउ परेका विक्रम पाण्डेसहित ९ जनामाथिको अभियोग

    572
    SHARES
    यस्तो छ पक्राउ परेका विक्रम पाण्डेसहित ९ जनामाथिको अभियोग

    काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी बोलपत्र आह्वान गर्ने प्रणाली ‘ई-गभर्मेन्ट प्रोक्युरमेन्ट’मा अनाधिकृत रूपमा प्रवेश गरी ठेक्काको विवरण हेरफेर गरेको अभियोगमा थप दुई जना निर्माण व्यवसायीलाई पक्राउ गरेको छ।



    शुक्रबार पक्राउ पर्नेहरूमा कालिका कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक ७४ वर्षीय विक्रम पाण्डे र भीषण कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक ६४ वर्षीय टंक कुमार श्रेष्ठ रहेका छन्। सीआईबीका अनुसार पाण्डे र श्रेष्ठमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको उक्त प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई बोलपत्रको गोपनीयता भंग गरेको आरोप लागेको छ।

    उनीहरूले विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगाडि नै प्रणालीभित्र छिरेर ‘इकोनोमिक प्रपोजल’का डकुमेन्टहरूमा हेरफेर गर्ने गरेको अनुसन्धानबाट खुलेको सीआईबीको भनाइ छ । आफ्नो वा आफूले चाहेको कम्पनीलाई ठेक्का पार्ने नियतले सरकारी डाटावेसमा अनधिकृत पहुँच बनाएर विवरण सच्याउनुलाई प्रहरीले गम्भीर अपराधको रूपमा लिएको छ।

    ब्यूरोका अनुसार यो प्रकरणमा पक्राउ पर्नेको संख्या ९ जना पुगेको छ । सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पाण्डेलाई चण्डोल र श्रेष्ठलाई सामाखुसीबाट नियन्त्रणमा लिइएको हो। यस घटनामा अन्य प्राविधिक र बिचौलियाहरूको संलग्नताबारे पनि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट