logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • गोल्छा माथिको कारबाहीप्रति ‘नाइमा’को ध्यानाकर्षण: स्पष्टीकरणको मौका दिन माग

    गोल्छा माथिको कारबाहीप्रति ‘नाइमा’को ध्यानाकर्षण: स्पष्टीकरणको मौका दिन माग

    338
    SHARES
    गोल्छा माथिको कारबाहीप्रति ‘नाइमा’को ध्यानाकर्षण: स्पष्टीकरणको मौका दिन माग

    काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले वरिष्ठ उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग सम्बन्धित हालैका घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।



    नाइमाले एक विज्ञप्ति जारी गर्दै कुनै पनि विषयमा कानुनी प्रक्रिया अघि बढाउँदा सम्बन्धित व्यक्तिलाई आफ्नो स्पष्टीकरण पेस गर्ने पर्याप्त अवसर दिनुपर्ने माग गरेको छ। संस्थाले प्रक्रियागत स्पष्टता, सन्तुलन र विवेकपूर्ण निर्णयले मात्रै समग्र प्रणालीप्रतिको विश्वास सुदृढ हुने उल्लेख गरेको छ।

    विज्ञप्तिमा भनिएको छ, “यस्ता प्रकृतिका विषयमा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर प्रदान गरिनुपर्छ। उचित विवेक अपनाइनुले समग्र प्रणालीप्रतिको विश्वास सुदृढ बनाउन सहयोग पुर्‍याउँछ।”

    निजी क्षेत्रको मनोबलमा चासो मुलुकको अर्थतन्त्र, रोजगारी सिर्जना र राजस्व संकलनमा निजी क्षेत्रको ठूलो योगदान रहेको स्मरण गराउँदै नाइमाले राज्यले व्यवसायीको योगदानलाई सम्मान गर्नुपर्ने बताएको छ। “निजी क्षेत्रको मनोबल उच्च राख्ने र उद्यमशीलताको निरन्तरताका लागि राज्यले सकारात्मक नीतिगत सन्देश दिनु आवश्यक हुन्छ,” विज्ञप्तिमा उल्लेख छ।

    विधिको शासनमा प्रतिबद्धता नाइमाले आफू विधिको शासन, पारदर्शिता र निष्पक्षताको पक्षमा दृढ रहेको समेत स्पष्ट पारेको छ। कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष अनुसन्धान हुनुपर्ने र कानुन उल्लङ्घन गर्ने जो-कोहीमाथि कारबाही हुनुपर्नेमा संस्था अडिग रहेको जनाइएको छ।

    तथापि, पर्याप्त प्रमाणबिना चालिने कठोर कदमले प्रणालीप्रति नै संशय पैदा गर्ने भन्दै नाइमाले सम्बन्धित निकायहरूलाई संवेदनशीलता अपनाउन अनुरोध गरेको छ। गोल्छा नाइमाको बोर्ड सदस्य समेत हुन्।

    Skip to PDF content


    अर्थ चाैतारी
  • शुक्रबार, ११ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट