काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बजार सम्बन्धी नीति तथा कार्यक्रमका लागि राय, सुझाव माग गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को लागि बजार सम्बन्धी नीति तथा कार्यक्रम तयारी गर्ने कार्य अगाडि बढेको जनाउँदै बोर्डले बजार विकास, विस्तार तथा सुधार सम्बन्धी कार्यान्वयनयोग्य एवम् रचनात्मक राय, सुझाव पठाउन बोर्डले सरोकारवालासँग आग्रह गरेको छ । जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगाना रिसर्चएट सेबोन डट् जीओभी डट् एनपीमा सुझाव पठाउन सकिनेछ ।
बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको व्यवस्थित तथा प्रभावकारी विकास र विस्तारका लागि प्रत्येक आर्थिक वर्ष नीति तथा कार्यक्रम तर्जुमा र सार्वजनिक गर्दै आएको छ । तर सार्वजनिक भएका थुप्रै नीति तथा कार्यक्रमको कार्यान्वयन हुन सकेको छैन ।
अर्थ चाैतारी ।