logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • पठाओ चढेर बजार अनुगमनमा एमडी भट्ट

    पठाओ चढेर बजार अनुगमनमा एमडी भट्ट

    169
    SHARES
    पठाओ चढेर बजार अनुगमनमा एमडी भट्ट

    काठमाण्डौ । व्यस्त बजार । शुक्रबार सरकारी बिदाको दिन- अफिसहरू बन्द, सडक केही शान्त थिए तर उपभोक्ताको दैनिकी भने समान्य चलिरहेकै थियो । नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डिका प्रसाद भट्ट औपचारिकता तोड्दै असामान्य शैलीमा बजारतिर निस्किए । सरकारी गाडी, सुरक्षाकर्मी र दलबल होइन- उनी चढेका थिए एउटा साधारण पठाओ (मोटरसाइकल) । गन्तव्य थियो ग्यास डिपो र स्टोरहरू, जहाँ दैनिक रूपमा हजारौं उपभोक्ता खाना पकाउने ग्यासको खोजीमा पुग्छन् ।



    भट्टको यो यात्रा कुनै औपचारिक निरीक्षणजस्तो देखिँदैन थियो । बरु, यो उपभोक्ताको अनुभव नजिकबाट बुझ्ने प्रयास थियो । उनले विभिन्न क्षेत्रमा रहेका नेपाल ग्यासका डिलर र स्टोरहरूमा पुगेर मौज्दात, वितरण र आपूर्तिको अवस्थाबारे प्रत्यक्ष जानकारी लिए । बिक्रेतासँग खुलेर संवाद गर्दै उनले बजारको वास्तविक स्थिति बुझ्ने कोशिश गरे ।

    उनले आफ्नो फेसबुक मार्फत केही तस्विरहरू सार्वजनिक गर्दै लेखे, ‘आज बिदाको दिन परेकाले पठाओ लिएर बजारमा ग्यासको उपलब्धता बुझ्न केही ग्यास स्टोरको अनुगमन गरियो ।’

    सामान्यतया उच्च पदस्थ अधिकारीहरू औपचारिक शैलीमा, पूर्वतयारीसहित अनुगमनमा जाने प्रचलन छ । तर भट्टको यो कदमले त्यो ढाँचा तोड्यो- जहाँ पदभन्दा जिम्मेवारी र सुविधा भन्दा व्यावहारिकता अघि देखियो।

    अहिले बजारमा ग्यासको अवस्था पनि चासोको विषय बनेको छ । उपभोक्ताहरूले भरि सिलिण्डर पाउन नसकिरहेको अवस्थामा ७.१ केजी अर्थात् आधा सिलिण्डर मात्र बिक्री भइरहेको छ । मूल्य पनि बढेर पूर्ण सिलिण्डरको २ हजार १६० रुपैयाँ पुगेको छ भने आधा सिलिण्डरको मूल्य १ हजार ८० रुपैयाँ तोकिएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, १९ बैशाख २०८३
  • सम्बन्धित समाचार