काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको चैतसम्म कम्पनीले ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म कम्पनीले १२ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ७१.७८ प्रतिशतले घटेको छ।
शेयर पुँजी २ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा १३ करोड ८५ लाख रुपैयाँ, स्पेसल रिजर्भमा १ अर्ब ४० करोड ८७ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ८३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड ७० लाख रुपैयाँ र अन्य इक्विटीमा २३ करोड ९५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको शेयर प्रिमियममा २७ करोड १९ लाख रुपैयाँ, स्पेसल रिजर्भमा १ अर्ब ३९ करोड १३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ६५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९ करोड १३ लाख रुपैयाँ र अन्य इक्विटीमा १७ करोड ६६ लाख रुपैयाँ रहेको थियो।
यसैगरी समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ४ अर्ब ६० करोड ७८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ थियो। बीमा कोषको आकार ३८.५५ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ७२ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४५.४८ प्रतिशतले बढेको छ।
चालु वर्षको चैतसम्म कम्पनीले ७१ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन ७.३२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ६६ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ०.९८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ६.५७ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १७०.९३ रुपैयाँ रहेको छ।
अर्थ चाैतारी ।