logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा

    कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा

    364
    SHARES
    कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा

    काठमाण्डौ । कजारिया रमेश टायल्स लिमिटेडले काठमाण्डौको तारकेश्वरस्थित जरंखुमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। हरि ओम टंकेश्वर हार्डवेयरसँगको साझेदारीमा सञ्चालित यस शोरुमको बिहीबार एक भव्य समारोहकाबिच उद्घाटन गरिएको हो ।



    शोरुमको उद्घाटन कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड लुना लुइटेलले संयुक्त रुपमा गरे। कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, वडा नं. ६ का अध्यक्ष घनश्याम श्रेष्ठ र वडा नं. ८ का अध्यक्ष श्यामकृष्ण सापकोटाको विशेष उपस्थिति रहेको थियो। यो नयाँ शोरुम घरधनी, इन्टेरियर डिजाइनर र आर्किटेक्टहरूका लागि उच्च गुणस्तरीय टायल्स छनोट गर्ने मुख्य गन्तव्य बन्ने विश्वास लिइएको छ ।

    उद्घाटनका क्रममा निर्देशक हिमांशु अग्रवालले भने, ‘हरि ओम टंकेश्वर हार्डवेयरसँगको यो सहकार्य काठमाण्डौका उपभोक्तासम्म पुग्ने हाम्रो प्रयासको महत्त्वपूर्ण हिस्सा हो र तारकेश्वरका बासिन्दालाई कजारियाको गुणस्तर र उत्कृष्ट डिजाइनको सहज पहुँच दिलाउन हामी प्रतिबद्ध छौँ ।’

    ग्राहकले यस शोरुममा कजारियाका उत्कृष्ट फ्लोर र वाल टायल्सका विभिन्न डिजाइन र फिनिसहरू प्रत्यक्ष रूपमा हेरेर छनोट गर्न सक्नेछन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट