logo

२०८३ जेष्ठ ४, सोमबार

logo
  • २०८३ जेष्ठ ४, सोमबार
  • जेठ ८ गतदेखि काठमाण्डौमा हस्तकला एक्स्पो

    जेठ ८ गतदेखि काठमाण्डौमा हस्तकला एक्स्पो

    624
    SHARES
    जेठ ८ गतदेखि काठमाण्डौमा हस्तकला एक्स्पो

    काठमाण्डौ । नेपाल हस्तकला महासंघको आयोजनामा जेष्ठ ८ गतदेखि काठमाण्डौमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने भएको छ । महासंघले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गदै जेष्ठ ८ गतदेखि १० गतेसम्म काठमाण्डौको अम्रपाली एभेन्टमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने जनाएको हो ।



    हस्तकला व्यवसायको विकास विस्तार तथा प्रबद्र्धन गर्न तथा हस्तकलाको आन्तरिक बजारका साथै अन्तराष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले नेपाल हस्तकला एक्स्पो आयोजना गरिएको महासंघी उपाध्यक्ष मलिका श्रेष्ठले जानकारी दिइन् ।

    एक्स्पोमा मेक इन नेपाल, मेड इन नेपालको अवधारणा अनुसार हस्तकला लगायत अन्य नेपाली निकासी संभाव्यता भएका बस्तुहरुको करिव ७० वटा स्टल रहने उनले बताइन् । एक्स्पोबाट स्थानीय हस्तकलाको बजार विस्तार, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापीत हुने, मूर्त अमूर्त कला संस्कृति एवं पराम्परागत परिकारहरुको संरक्षणमा सहयोग पुने विश्वास रहेको उपाध्यक्ष श्रेष्ठले बताइन् ।

    मेलाको आकर्षणको रुपमा हस्तकला प्रदर्शनी तथा बिक्रि कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन, स्थानीय उद्योगी, कलाकार÷कालीगढहरुको सीप प्रदर्शन लगाएत रहेको महासंघले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट