काठमाण्डौ । नयाँ एमजी हेक्टर नेपालमा सार्वजनिक भएको छ। जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सावरीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक जिओ अटोमोबाइलले बिहीबार थापाथलीस्थित एमजी सोरुमा नयाँ एमजी हेक्टर सार्वजनिक गरेको हो।
नयाँ एमजी हेक्टर सार्वजनिक गरेलगत्तै कम्पनीले एमजी विन्डसर र एमजी कोमेट पनि सार्वजनिक गरेको छ। यससँगै नेपालमा एमजी ब्रान्डका सवारीसाधनको दायरा थप विस्तार भएको कम्पनीले जनाएको छ। प्रिमियम विशेषता, आकर्षक डिजाइन कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा स्तरोन्नत प्रविधि, थप प्रिमियम विशेषता तथा अझ आकर्षक बाह्य स्वरुप समावेश गरिएको छ।
समान मूल्य समूहका अन्य प्रतिस्पर्धी सवारीसाधनको तुलनामा नयाँ हेक्टरले ठूलो एसयूभी अनुभव, उत्कृष्ट सुविधा, उच्च आराम तथा दैनिक प्रयोगमा बढी उपयोगिता प्रदान गर्ने दाबी गरिएको छ। आधुनिक परिवार तथा प्रविधिमैत्री एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरी तयार गरिएको नयाँ एमजी हेक्टरमा आकर्षक डिजाइनसँगै परिष्कृत चालक अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ। सवारीसाधनमा प्रिमियम आन्तरिक सजावट, स्मार्ट जडान प्रणाली, उत्कृष्ट सुरक्षा सुविधा, फराकिलो केबिन तथा प्रयोगकर्तामैत्री सुविधा समावेश गरिएको छ।
कम्पनीका अनुसार यो नयाँ नाँ संस्करण बजारमा यसअघि उपलब्ध हेक्टरको तुलनामा डिजाइन, प्रविधि, सुविधा तथा समग्र प्रिमियम अनुभवका हिसाबले उल्लेखनीय रुपमा परिष्कृत छ। जिओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाले नयाँ एमजी हेक्टर नेपाली बजारमा ल्याउन पाउँदा खुसी लागेको बताए।
‘एमजी हेक्टर विश्वभर एमजीको सबैभन्दा लोकप्रिय र परिष्कृत एसयूभीमध्ये एक हो। यसको प्रिमियम अनुभव, उत्कृष्ट प्रविधि, फराकिलो बनावट तथा उच्च मूल्य–सुविधा सन्तुलनले ग्राहकको विश्वास जितेको छ। नयाँ सार्वजनिक हेक्टरमा थप सुविधा, उच्च आराम, आकर्षक डिजाइन तथा आधुनिक प्रविधि समावेश गरिएको छ। जसले यसलाई आफ्नो संस्करणमा अझ प्रतिस्पर्धी बनाएको छ’, गोल्छाले भने। साथै उनले नेपालका ग्राहकका लागि शैली, सुरक्षा, प्रविधि तथा व्यवहारिकताको सम्मिश्रण खोज्नेहरुका लागि नयाँ एमजी हेक्टर उपयुक्र विकल्प हुने विश्वास व्यक्त गरे।
मूल्य कति?
एमजी हेक्टर नेपाली बजारमा चार भेरियन्टमा उपलब्ध हुनेछ। सेलेक्ट प्रो एमटीको मूल्य ६६ लाख ९९ हजार रुपैयाँ, स्मार्ट प्रो एमटीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ, स्मार्ट प्रो सीभीटीको मूल्य ७८ लाख ४९ हजार रुपैयाँ र प्लस सार्प प्रो एमटी ७ सिटरको मूल्य ८० लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यस्तै कोमेट र विन्डसर दुई÷दुई भेरियन्टमा उपलब्ध छ।
कोमेट एक्जिक्युटिभको मूल्य १८ लाख ७५ हजार रुपैयाँ र कोमेट एक्ससाइटको मूल्य २१ लाख ५० हजार रुपैयाँ तोकिएको छ। विन्डसर एक्जिक्युटिभको मूल्य ३९ लाख ७५ हजार रुपैयाँ, विन्डसर एक्ससाइटको मूल्य ४२ लाख ४९ हजार रुपैयाँ र विन्डसर एसेन्सको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
अर्थ चाैतारी ।