काठमाण्डौ । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ९ दशमलव २४ अंकले घटेर २,७७७ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४२ कम्पनीको १ करोड १८ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १६ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस ऊर्जाको १४ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । त्रिशुली जलविद्युतका लगानीकर्ताले ५ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । सिर्जनशील लघुवित्तका लगानीकर्ताले ५ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ३ दशमलव ६० प्रतिशतका दरले गुमाएका हुन् ।
बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ०.३५ प्रतिशतले बढ्दा लगानी समूह सर्वाधिक ०.६९ प्रतिशतले घटेको छ। यो दिन बजारमा ६९ वटा कम्पनीको शेयरभाउ बढ्दा १९० वटाको घटेको छ। आज १ज्ञ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज ४ अर्ब ८५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
आँखुखोला जलविद्युतः ४६ करोड ७२ लाख रुपैयाँ
रिडी पावरः १६ करोड ५९ लाख रुपैयाँ
सहास ऊर्जाः १४ करोड १६ लाख रुपैयाँ
ङादी ग्रुप पावरः १३ करोड ७३ लाख रुपैयाँ
अपी पावरः १३ करोड १३ लाख रुपैयाँ
विकास हाइड्रोपावरः १० करोड ८२ लाख रुपैयाँ
एनआईबी डिबेन्चरः १० करोड १४ लाख रुपैयाँ
शिवम सिमेन्टः ९ करोड ४१ लाख रुपैयाँ
सानिमा मिडिल तमोर हाइड्रोपावरः ९ करोड ४० लाख रुपैयाँ
सोलु हाइड्रोपावरः ८ करोड १ लाख रुपैयाँ
अर्थ चाैतारी ।