काठमाण्डौ । इन्भेष्टमेन्ट कम्पनी सोपान मल्टिपल कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले जेठ २७ गते साधारणसभा आह्वान गरेको हो।
कम्पनीको सभामा कम्पनीको उदेश्य संशोधन गर्न कम्पनीको प्रबन्धपत्रमा सम्शोधन गर्ने, कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र सोहि अनुसार प्रबन्धपत्र संशोधन गर्ने, प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै प्रबन्धपत्र र नियमावलीमा थप संशोधन आवश्यक परेमा सो बमोजिम गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ।
यस कम्पनीले औषधि, स्वास्थ्य, जलविद्युत, शिक्षा लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । यस कम्पनीको लगानी रहेको सोपान फर्मासुटिकल्सले हालै आईपीओ निष्काशन सम्पन्न गरिसकेको छ।
अर्थ चाैतारी ।