logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन माग, ७ दिनभित्र आवेदन दिनुपर्ने

    बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन माग, ७ दिनभित्र आवेदन दिनुपर्ने

    546
    SHARES
    बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन माग, ७ दिनभित्र आवेदन दिनुपर्ने

    काठमाण्डौ । सरकारले नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । अर्थ मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।



    अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले इच्छुक उम्मेदवारहरूलाई आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) बुझाउन आह्वान गरेको छ ।इच्छुक र योग्य उम्मेदवारले यो सूचना प्रकाशित भएको मिति (जेठ १३ ) ले ७ दिनभित्र अर्थात् जेठ १९ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

    आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयको ‘वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा’ मा रहेको समितिको सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

    प्रचलित कानुन बमोजिम आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरूले यस पदका लागि आवेदन दिन सक्नेछन् । प्राधिकरणमा अध्यक्ष पद रिक्त भएको लामो समयपछि सरकारले नयाँ नेतृत्व चयनको प्रक्रिया थालेको हो ।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट