काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को आय व्ययको अनुमानित विवरण (बजेट) जेठ १५ शुक्रबार दिउँसो ४ बजे संसदमा प्रस्तुत गर्ने भएको छ । आज सभामुख डोल प्रसाद अर्यालले दिउँसो ४ बजे संघीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट बजेट पेश हुने जानकारी दिएका हुन् ।
उनले ४ बजे बजेट पेश हुने भएकोले सबै सांसदहरुलाई ३:४५ भित्र नै संसद परिसर भित्र प्रवेश गरेर आफ्नो आसनमा बस्न आग्रह गरेका छन् । अर्थमन्त्रीले बजेट पेश गरेपछि प्रतिनिधिसभाको बैठक साँझ ५:३० बजे बस्ने छ ।
अर्थ चाैतारी ।