logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • बीमा अभिकर्तालाई थप ५% करको भार

    बीमा अभिकर्तालाई थप ५% करको भार

    13
    SHARES
    बीमा अभिकर्तालाई थप ५% करको भार

    काठमाण्डौ । सरकारले बीमा अभिकर्ताले पाउने कमिसनमा करको दर बढाएको छ। सरकारले आर्थिक विधेयकमार्फत बीमा अभिकर्ताले पाउने सेवाशुल्क तथा कमिसनमा करको दर बढाएको हो।



    अब अभिकर्ताले आफूले पाउने सेवाशुल्क तथा कमिसनको २० प्रतिशत कर तिर्नुपर्नेछ। हाल अभिकर्ताहरुले १५ प्रतिशत कर तिर्दै आएका छन्। योसँगै अभिकर्तामाथि थप ५ प्रतिशत कर भार बढेको छ।

    विधेयकअनुसार आयकर ऐनको दफा ८८ को उपदफा (१) अन्तर्गत रहेको व्यवस्थामा संशोधन गर्दै बीमा अभिकर्ताका लागि छुट्टै कर दर निर्धारण गरिएको हो। नयाँ व्यवस्थामा ‘बासिन्दा प्राकृतिक व्यक्ति रहेको बीमा अभिकर्तालाई भुक्तानी गरिएको सेवाशुल्क वा कमिसनमा २० प्रतिशतका दरले कर लाग्ने’ उल्लेख गरिएको छ।


    अर्थ चाैतारी
  • शनिबार, १६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट