logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायिक पुनरुउत्थान गर्न भन्सार र अन्तःशुल्कमा छुट, रोयल्टी मिनाहा

    जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायिक पुनरुउत्थान गर्न भन्सार र अन्तःशुल्कमा छुट, रोयल्टी मिनाहा

    416
    SHARES
    जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायिक पुनरुउत्थान गर्न भन्सार र अन्तःशुल्कमा छुट, रोयल्टी मिनाहा

    काठमाण्डौ । सरकारले ‘जेन्जी आन्दोलन’ का क्रममा भौतिक क्षति बेहोरेका उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूका लागि राहत प्याकेज घोषणा गरेको छ । आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट पीडित व्यवसायीहरूलाई पुनःस्थापना र व्यवसाय पुनः सञ्चालनमा सहयोग पुर्याउन भन्सार, अन्तःशुल्क र रोयल्टीमा छुट घोषणा गरेको हो ।



    आन्दोलनका क्रममा प्रभावित भएका उद्योग वा व्यावसायिक प्रतिष्ठानका भवन, फर्निचर, यन्त्र तथा उपकरणमा भएको क्षतिको पुनःस्थापनाका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने भन्सार महसुल र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले शुक्रबार संसदमा पेश गरेको आर्थिक विधेयक मार्फत उक्त छुटको घोषणा गरेको हो । यो सुविधाका लागि बीमा सर्भेयरको प्रतिवेदनबाट सामग्रीको क्षति यकिन भएको हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    यसअघि नै भन्सार महसुल ऐन बमोजिम छुट सुविधा लिइसकेका तर जेन्जी आन्दोलनमा क्षति बेहोरेका तारे होटलहरूले पुनःस्थापनाका लागि आवश्यक सामग्री पैठारी गर्दा थप एक पटकका लागि भन्सार छुट पाउने आर्थिक विधेयकमा उल्लेख छ । बीमा सर्भेयरको प्रतिवेदनका आधारमा दोहोरो सुविधा नहुने गरी यो सहुलियत प्रदान र्ने घोषणा सरकारले गरेको छ ।

    आन्दोलनका कारण क्षति पुगेर सञ्चालनमा आउन नसकेका क्यासिनो व्यवसायलाई पनि सरकारले राहत दिएको छ। त्यस्ता क्यासिनोहरूले व्यवसाय सञ्चालन नभएको अवधिको रोयल्टी र नवीकरण शुल्क तिर्नु नपर्ने गरी मिनाहा गर्ने भएको हो ।


    अर्थ चाैतारी
  • शनिबार, १६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट