logo

२०८३ जेष्ठ १८, सोमबार

logo
  • २०८३ जेष्ठ १८, सोमबार
  • पेट्रोल, डिजेल र ग्यासको भाउ यथावत, आयल निगमले देखायो अझै ६२ करोड रुपैयाँ घाटा

    पेट्रोल, डिजेल र ग्यासको भाउ यथावत, आयल निगमले देखायो अझै ६२ करोड रुपैयाँ घाटा

    390
    SHARES
    पेट्रोल, डिजेल र ग्यासको भाउ यथावत, आयल निगमले देखायो अझै ६२ करोड रुपैयाँ घाटा

    काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिलेज, ग्यास लगायतको मूल्य यथावत राखेको छ ।



    इन्डियन आयल कर्पोरेशनबाट आज नयाँ खरिद मूल्य प्राप्त गरेको र सो अनुसार पेट्रोल, डिजेल, मट्टितेल,हवाई इन्धन, एलपी ग्यास लगायतको मूल्य यथावत राखेको निगमले जनाएको हो ।

    यसरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई ६२ करोड ८६ लाख रुपैयाँ अझै घाटा हुने देखिएको निगमले जनाएको छ । निगमले १५ दिनमा ६२ करोड भन्दा बढी घाटा देखाएको हो ।

    विगत केही महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको समेत निगमले आइतबार विज्ञप्ति जारी गरी जनाएको छ ।

     


    अर्थ चाैतारी
  • सोमबार, १८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट