logo

२०८३ जेष्ठ १८, सोमबार

logo
  • २०८३ जेष्ठ १८, सोमबार
  • सानिगाड हाइड्रोको आईपीओ बिक्री खुला, २० हजार कित्तासम्म आवेदन दिन सकिने

    सानिगाड हाइड्रोको आईपीओ बिक्री खुला, २० हजार कित्तासम्म आवेदन दिन सकिने

    247
    SHARES
    सानिगाड हाइड्रोको आईपीओ बिक्री खुला, २० हजार कित्तासम्म आवेदन दिन सकिने

    काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडले आज जेठ १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । यसअघि जेठ १४ गतेदेखि खुला गर्ने भने पनि बकर ईदमा सरकारले सार्वजनिक बिदा दिएपछि मिति परिवर्तन गरिएको थियो ।



    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र विदेशमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गरेको हो ।

    कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका ८५ लाख ५० हजार कित्ता सेयर बिक्री जारी गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् २८ लाख ५० हजार कित्ता स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता विदेशमा रहेका नेपाली, ३ प्रतिशत अर्थात् १ लाख ७१ कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् २ लाख ८५ हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ ।

    अब दोस्रो चरणमा बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ २८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।


    अर्थ चाैतारी
  • सोमबार, १८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट