logo

२०८३ जेष्ठ २७, बुधबार

logo
  • २०८३ जेष्ठ २७, बुधबार
  • घोराही सिमेन्टको ४ करोड कित्ता बढी शेयरको लकईन अवधि असारमा सकिँदै

    घोराही सिमेन्टको ४ करोड कित्ता बढी शेयरको लकईन अवधि असारमा सकिँदै

    585
    SHARES
    घोराही सिमेन्टको ४ करोड कित्ता बढी शेयरको लकईन अवधि असारमा सकिँदै

    काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीज लिमिटेडको ४ करोड कित्ता बढी शेयरको लकइन अवधि २०८३ असार ३१ गते समाप्त हुने भएको छ ।



    कम्पनीमा संस्थापकले धारण गरेका ४ करोड १ लाख ९५ हजार ६ सय ३४ कित्ता , आयोजना प्रभावित स्थानीयको नाममा रहेको २४ हजार ७ सय ५ कित्ता र कम्पनीका कर्मचारीसँग रहेको ९७ हजार ७ सय ७२ कित्ता गरि कुल ४ करोड ३ लाख १८ हजार १ सय ११ कित्ता शेयरको लकइन अवधि आगामी असार ३१ गते समाप्त हुन लागेको हो ।

    सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् ।

    कम्पनीका संचालक र उच्च व्यवस्थापनमा रहेकाले भने शेयर बिक्री गर्न पाउने छैनन् । यस कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, २७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट