logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • आजदेखि सुरु हुँदै इतिहासकै सबैभन्दा ठूलो फिफा विश्वकप

    आजदेखि सुरु हुँदै इतिहासकै सबैभन्दा ठूलो फिफा विश्वकप

    195
    SHARES
    आजदेखि सुरु हुँदै इतिहासकै सबैभन्दा ठूलो फिफा विश्वकप

    काठमाण्डौ । फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। यो संस्करण इतिहासकै सबैभन्दा ठूलो विश्वकप हुनेछ जसमा ४८ टोलीले प्रतिस्पर्धा गर्दैछन्।



    उद्घाटन खेल आज मध्यरातपछि अर्थात् नेपाली समय अनुसार रातको १२:४५ बजे मेक्सिको सिटीको मेक्सिको सिटी स्टेडियममा मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। यो २०१० विश्वकपको उद्घाटन खेलको दोहोरिने खेल हो। त्यस अघि उद्घाटन समारोह हुने छ।

    यो विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको हो। यसैले तीनवटा उद्घाटन समारोह आयोजना हुँदैछन् ।

    यो पटकको विश्वकपमा ठूलो परिवर्तन गरिएको छ। प्रत्येक समूहमा ४ टोली रहने गरि ४८ टोलीलाई १२ समूहमा विभाजित गरिएको छ। समूह चरणमा प्रत्येक टोलीले ३ खेल खेल्नेछन्। प्रत्येक समूहको शीर्ष २ टोली र ८ उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीहरू ३२ टोलीको नकआउट चरणमा प्रवेश गर्नेछन्। कुल १०४ खेल हुनेछन्।

    विश्वकप जुलाई १९, २०२६ मा न्यूयोर्क/न्यू जर्सीमा फाइनलसँगै समापन हुनेछ।


    अर्थ चाैतारी
  • विहिबार, २८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट