logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • सदस्यको मृत्युपछि हिमालयन लघुवित्तद्वारा ६ लाख कर्जा माफी

    सदस्यको मृत्युपछि हिमालयन लघुवित्तद्वारा ६ लाख कर्जा माफी

    533
    SHARES
    सदस्यको मृत्युपछि हिमालयन लघुवित्तद्वारा ६ लाख कर्जा माफी

    काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय गंजभवानीपुर, बाराले आफ्ना सदस्यको मृत्युपश्चात बीमा दाबी रकम भुक्तानी गरेको छ । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१०, मटिअर्वा टोल निवासी सदस्य गजमती खातुनको निधनपछि संस्थाले उनको परिवारलाई राहतस्वरूप बीमा दाबी रकम उपलब्ध गराएको हो । उक्त रकम सदस्यका छोरा महमद सजिल मिया हजामलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।



    संस्थाका अनुसार खातुनले संस्थाबाट ६ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । उनको मृत्यु पश्चात संस्थाको नियमअनुसार कर्जाको साँवा तथा ब्याज पूर्ण रूपमा मिनाहा गरिएको छ । साथै, कर्जा बीमा अन्तर्गत प्रदान गरिने २५ हजार रुपैयाँ काजक्रिया खर्चसमेत जोडेर एकमुष्ट रकम भुक्तानी गरिएको शाखा प्रबन्धक जुनु कटुवालले जानकारी दिइन् ।

    संस्थाले आफ्ना ग्राहक सदस्यहरूको हित र संरक्षणलाई प्राथमिकता दिँदै आपतकालीन अवस्थामा सहयोग पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । दुःखको घडीमा संस्थाबाट प्राप्त सहयोगप्रति केन्द्रका सदस्यहरूले आभार व्यक्त गरेका छन् ।

    उक्त राहत रकम कलैया उपमहानगरपालिका–१० का वडा अध्यक्ष महमद साविरद्वारा हस्तान्तरण गरिएको कार्यक्रममा शाखा प्रबन्धक जुनु कटुवाल, कर्मचारी धिरज कुमार गुप्ता तथा स्थानीय सदस्यहरूको उपस्थिति रहेको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, २८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट