logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • इप्पान निर्वाचन : बलराम खतिवडाको प्यानल घोषणा

    इप्पान निर्वाचन : बलराम खतिवडाको प्यानल घोषणा

    312
    SHARES
    इप्पान निर्वाचन : बलराम खतिवडाको प्यानल घोषणा

    काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वर्तमान महासचिव बलराम खतिवडाले प्यानल घोषणा गरेका छन् ।



    आगामी २४ औं वार्षिक साधारण सभा र नयाँ कार्यसमिति निर्वाचनका लागि खतिवडाले प्यानल घाेषणा गरेका हुन् । उनकाे नेतृत्वमा ऊर्जा क्षेत्रका प्रतिष्ठित व्यवसायीहरू सम्मिलित पूर्ण टिमको घोषणा गरिएको हो ।

    आगामी २०८० जेठ २९ गते हुने निर्वाचनका लागि खतिवडाले वरिष्ठ उपाध्यक्ष पदमा आफूलाई अघि सार्दै बलियो कार्यसमिति टिम सार्वजनिक गरेका हुन् । खतिवडाको टिमबाट पदाधिकारी र सदस्यहरूमा ऊर्जा क्षेत्रमा लामो अनुभव सँगालेका स्थापित अनुहारहरू समेटिएका छन् ।

    खतिवडा नेतृत्वको टिमबाट वरिष्ठ उपाध्यक्षमा एबीडी इनर्जी, एटलस इनर्जी र बराह मल्टिपावरका तर्फबाट बलराम खतिवडा स्वयं रहेका छन् । यस्तै, उपाध्यक्षहरूमा वर्तमान कार्यसमितिका पदाधिकारीहरूको बाहुल्यता रहेको छ ।

    वरिष्ठ उपाध्यक्षः बलराम खतिवडा (वर्तमान महासचिव)

    उपाध्यक्षः भरत बहादुर खत्री (वर्तमान उपाध्यक्ष)

    उपाध्यक्षः भरत प्रसाद नेपाल (वर्तमान सचिव)

    उपाध्यक्षः कुमार खरेल

    उपाध्यक्षः ई. दीपक पौडेल (दुगड ग्रुप)

    उपाध्यक्ष (महिला)ः सिर्जना खड्का (अपी ग्रुप)

    वर्तमान कार्यसमितिका उपमहासचिव प्रकाशचन्द्र दुलाललाई यस टिमले महासचिवको उम्मेदवार बनाएको छ । यस्तै, सचिव र अन्य पदहरूमा पनि समावेशी र व्यावसायिक टोली तयार पारिएको छ ।

    महासचिवः प्रकाशचन्द्र दुलाल (वर्तमान उपमहासचिव)

    सचिवः कृष्ण प्रसाद घिमिरे

    सचिवः तारा बहादुर इस्वो लिम्बु

    सचिवः ई. बिरेन्द्र बहादुर मल्ल

    सचिव (महिला): संगीता धमला

    सचिवः इशा श्रेष्ठ (वर्तमान कार्यसमिति सदस्य)

    कोषाध्यक्षः ई. मिथुन पौडेल (वर्तमान कार्यसमिति सदस्य)

    टिमको कार्यसमिति सदस्यहहरूमा विभिन्न स्थापित जलविद्युत कम्पनी तथा व्यावसायिक घराना (जस्तै सानिमा, गोल्यान, न्यादी ग्रुप) का प्रतिनिधिहरू रहेका छन् ।

    सोमनाथ कँडेल

    डा. भूषण गुरागाईं

    सन्तोष राज नेपाल

    मिलन खड्का

    जगदिश शिवाकोटी

    सी.ए. नारायण कडेल

    सुकुन्द ओझा

    प्रदीप ओली

    ज्योति गैरे (महिला सदस्य)

    इन्दिरा पन्त (महिला सदस्य)

    Skip to PDF content


    अर्थ चाैतारी
  • विहिबार, २८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट