logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • मध्यपूर्वी द्वन्द्वले विश्व अर्थतन्त्रमा दबाब, ब्रेन्ट क्रुड ९५ डलरमाथि, तेल आपूर्तिमा चिन्ता

    मध्यपूर्वी द्वन्द्वले विश्व अर्थतन्त्रमा दबाब, ब्रेन्ट क्रुड ९५ डलरमाथि, तेल आपूर्तिमा चिन्ता

    429
    SHARES
    मध्यपूर्वी द्वन्द्वले विश्व अर्थतन्त्रमा दबाब, ब्रेन्ट क्रुड ९५ डलरमाथि, तेल आपूर्तिमा चिन्ता

    काठमाण्डौ । अमेरिका र इरानबीचको नाजुक युद्धविरामकै बीच पुनः सैन्य तनाव चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ। अमेरिकी सेनाले इरानमाथि नयाँ चरणको आक्रमण सुरु गरेपछि इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजीसी) ले विश्वको प्रमुख तेल ढुवानी मार्ग ‘स्ट्रेट अफ हर्मुज’लाई निशाना बनाएको जनाएको छ।



    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘कडा प्रहार’ गरिने चेतावनी दिँदै तेहरानले युद्ध अन्त्यका लागि सम्झौतामा अत्यधिक ढिलाइ गरेको आरोप लगाएपछि अमेरिकी सैन्य कारबाही भएको हो। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानका निरन्तर आक्रामक गतिविधिको जवाफस्वरूप आत्मरक्षाका लागि आक्रमण गरिएको जनाएको छ।

    अमेरिकी आक्रमणको केही समयपछि इरानी सरकारी सञ्चारमाध्यमहरूले आइआरजीसीले हर्मुज क्षेत्रमा दुईवटा जहाजमाथि प्रहार गरेको दाबी गरेका छन्। पछिल्ला दिनहरूमा दुवै देशले एकअर्काका सैन्य तथा निगरानी केन्द्रहरूलाई निशाना बनाउँदै आएका छन्, जसले अप्रिलमा भएको युद्धविरामलाई थप जोखिममा पारेको छ।

    यसैबीच इरानको केश्म टापु, बन्दर अब्बास र सिरिकलगायत विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिएको रिपोर्ट सार्वजनिक भएका छन्। इरानी सरकारी सञ्चारमाध्यमहरूले अमेरिकी आक्रमणको प्रतिक्रियास्वरूप हर्मुज मार्ग सबै प्रकारका जहाजका लागि बन्द गरिएको दाबी गरेका छन्। यद्यपि अमेरिकी सेनाले भने व्यापारिक जहाजहरूको आवतजावत अझै जारी रहेको जनाएको छ।

    विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने हर्मुज जलडमरूमध्य बन्द गरिएको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको छ। विश्व बजारको प्रमुख सूचक ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिब्यारेल ९५ अमेरिकी डलर नाघेको छ भने एसियाली बजार खुल्दा तेलको मूल्य करिब २ प्रतिशतले वृद्धि भएको जनाइएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट